काठमाडौं । आइतबार झिनो अंकले बढेको सेयर बजार सोमबार उच्च अंकले बढेको छ । आज नेप्से ४९.१२ अंक बढेको हो ।
आज ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ । छ ।
आज २२६ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । १२ कम्पनीको सेयरमूल्य घटेको छ । चार कम्पनीको सेयरमूल्य भने स्थिर छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।


