काठमाडौं । आज पनि शेयर बजारमा झिनो अंकले बृद्धि भएको छ । आज नेप्से ६ दशमलव १६ अङ्कले बढेर २ हजार ६ सय ४६ दशमलव ८४ बिन्दुमा कायम भएको हो ।
आज ३ सय पाँच कम्पनीको १ करोड २० लाख ८१ हजार ६ सय छ कित्ता शेयर ६६ हजार ६ सय २६ पटक खरिदबिक्री हुँदा ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार २ सय ९५ रुपैयाँबराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव २७, होटल तथा पर्यटन शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ ।
लगानी समूहको उपसूचक स्थिर देखिँदा अरु समूहका उपसूचक भने बढेका छन् । सबैभन्दा धेरै वित्त समूह २ दशमलव ६५ प्रतिशतले बढेको छ ।


