काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विहीबार) लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकले आज सार्वजनिक गरेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिदमूल्य एक सय ३७ रुपियाँ ८९ पैसा र बिक्रीमूल्य एक सय ३८ रुपियाँ ४९ पैसा कायम भएको छ भने एक युरोपियन युरोको खरिदमूल्य एक सय ४२ रुपियाँ १२ पैसा र बिक्रीमूल्य एक सय ४२ रुपियाँ ७४ पैसा कायम गरेको छ ।
यसैगरी आजका लागि एक युके पाउन्ड स्ट्रलिङको खरिदमूल्य एक सय ६८ रुपियाँ ६० पैसा र बिक्रीमूल्य एक सय ६९ रुपियाँ ३४ पैसा तोकेको छ ।
यस्तै एक स्विस फ्र्याङ्कको खरिदमूल्य एक सय ५१ रुपियाँ २८ पैसा र बिक्रीमूल्य एक सय ५१ रुपियाँ ९४ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपियाँ ५६ पैसा र बिक्रीदर ८५ रुपियाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपियाँ १४ पैसा र बिक्रीदर ९६ रुपियाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपियाँ ८९ पैसा र बिक्रीदर एक सय रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिदर आठ रुपियाँ ७९ पैसा र बिक्रीदर आठ रुपियाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ८१ पैसा र बिक्रीदर १८ रुपियाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ७४ पैसा र बिक्रीदर ३६ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८३ पैसा र बिक्रीदर ३७ रुपियाँ ९९ पैसा कायम भएको छ।


