काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १६ सय रुपैयाँले बढेको हो ।
बुधबार सुन प्रतितोला एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।


