काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर एक सय ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १९ पैसा छ भने एक युरोको खरिददर एक सय ४४ रुपैया १६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ७८ पैसा छ।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ९८ पैसा छ।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा छ। त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ ०५ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ २७ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ २२ पैसा थियो।



