काठमाडौं । नेपाल टेलिकमको साउनदेखि पुस मसान्तसम्म खुद नाफा ३३ प्रतिशत घटेको छ।
कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म खुद नाफा २ अर्ब ६३ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो आम्दानी ३ अर्ब ९३ करोड रुपैयाँ थियो ।
ब्याज आम्दानी र बिक्री आम्दानी नै घटेपछि नाफामा असर परेको छ । चालु आव दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको आम्दानी १७ अर्ब रुपैयाँ छ ।
गत आवको यसै अवधिमा यस्तो आम्दानी १७ अर्ब २४ करोड थियो । त्यस्तै वित्तीय ९ब्याज० आम्दानी पहिले ३ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ३० करोड छ । बैंकको ब्याज घट्दा कम्पनीको यो आम्दानीमा असर पारेको हो ।


