काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले नै सरकारको कामप्रति असन्तुष्टि ब्यक्त गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौँमा आयोजित यातायात व्यवसायीको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो धारणा राखेका हुन् ।
‘सरकारका कमीकमजोरी सच्याउनुछ, काम गर्ने कुरामा कहीँ तलमाथि भएको छ भने त्यो शैलीलाई बदल्नुछ,’ उनले भने, ’कमजोरी सच्याउने भनेको कांग्रेस र एमालेका बीचमा भएको सहमतिको आधारमा हामी जहाँ जानका लागि जे उद्देश्य प्राप्तिका लागि सहमति गरेका छौँ त्यही हो।’
पार्टीले उच्चस्तरीय राजनीतिक संयन्त्र र सभापति शेरबहादुर देउवाको माध्यमबाट नागरिकमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई सुझाव दिइरहेको खड्काको दाबी छ।


