काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम एकदमै सही भएको दावी गरेका छन् ।
उनले आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा यस्तो निर्देशन दिएका हुन् ।
ओलीले सरकारले सुशासन र सामाजिक न्यायको पक्षलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको भन्दै ढुक्कका साथ सदनमा प्रतिरक्षा गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिए ।
उनले विपक्षीको काम नै विरोध गर्ने भएकाले त्यस्ता कुरामा नअल्मिन समेत सुझाव दिए। ओलीले देश र जनतालाई सर्वोपरि राखेर सरकार अघि बढिरहेको बताए। विपक्षीहरूले सदनमा गलत बोल्ने गरेको भन्दै उनले गलत बोल्नेको कुरा पछिको पुस्ताले थाहा पाउने भएकाले रेकर्डमा राखिरहनुपर्ने उल्लेख गरे।


