काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन् ।
उनले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लिए लगत्तै बैंकको केन्द्रीय कार्यालयमा गएर कार्यभार सम्हालेका हुन् ।
मन्त्रिपरिषद्को हिजोको बैठकले उनलाई गभर्नर बनाउने निर्णय गरेको थियो । उनलाई बैंकका उच्च पदस्थ कर्मचारीले स्वागत गरेका थिए । उनीसामु शिथिल रहेको नेपालको अर्थतन्त्रलाई सुधार गर्ने गहन जिम्मेवारी रहेको छ । पौडेल अर्थशास्त्रका ज्ञाता मानिन्छन् ।


