काठमाडौ । सुरुमा ह्वात्तै बढेको सेयर बजार अन्त्यमा भने एकले अंकले घटेको छ । आज सेयर बजार परिसूचक (नेप्से) ६.६० अंकले घटेको हो ।
आज ३१६ कम्पनीको २ करोड २३ लाख कित्ता सेयर किनबेचबाट १० अर्बमाथि कारोबार भएको नेप्सेले जनाएको छ ।
सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक , स्रागिंला विकास बैंक, एनएलजी इन्स्योरेन्स, गुराँस लघुवित्त, युनिलिभर नेपाल, एनआईसी एसिया ब्यालेन्स फण्ड, माउन्टेन इनर्जी र राद्यी जलविधुत्को शेयर मूल्य वृद्धि भएको छ।


