काठमाडौं । आज दिउँसो नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता घोषणा हुँदैछ ।
एकता घोषणासभा बिहान ११:३० बजे ललितपुरको ग्वार्कोस्थित खरिबोटमा रहेको कान्तिपुर ब्यांक्वेटमा आयोजना हुने माओवादी केन्द्रले जनाएको छ।
पार्टी एकताको औपचारिक घोषणा गर्न लागिएको यो सभालाई ऐतिहासिक बनाउने तयारी गरिएको छ। दुबै दलबीच केही समययता चलेको वार्ता, छलफल र समझदारीपछि एकताको मोडालिटी टुंगोमा पुगेको हो। तर नेसपाकै महिन्द्र राय यादव समूह भने एकता प्रक्रियामा छुटेको छ ।


