काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अब गणतन्त्रबाट दायाँबाँया नहुने जिकिर गरेका छन् ।
प्रधानमन्त्री ओलीलेशनिबार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै निरङ्कुश हुकुमी शासन व्यवस्थालाई अन्त्य गर्दै जनताले लडेर ल्याएको गणतन्त्रबाट पछाडि फर्कन सम्भव नरहेको बताएका हुन् ।
प्रधानमन्त्रीलाई लखेट्छौँ भनेको शान्तिपूर्ण त होला रु भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अढाइ सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो रु अहिले हामी कहाँ पुगेका छौँ भन्ने बुझ्न आग्रह गरे ।
उनले राजतन्त्र पक्षधरहरूले पहिला दिन पैसा दिएको मान्छे ल्याएको भन्दै दोस्रो र तेस्रो दिन मान्छेहरू घट्दै गएको जिकिर गरे ।


