काठमाडौं । यातायात व्यवसायीको बन्दको कारण आज देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ।
समितिले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको कारण सोमाबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेको हो।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आयोजनामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल र नेपाल यातायात मजदुर संगठनले देशव्यापी रूपमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्।


