काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक खुल्न नदिने अडान लिएको छ ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सिंहदरबारमा बसेको तीन ठूला दलका शीर्ष नेताको बैठकमा यस्तो अडान राखेका हुन् ।
‘अहिले छलफल मात्रै भयो । उहाँहरू (सत्तापक्ष) को प्रस्ताव संसद् खोल्नुपर्छ भन्ने आयो । सत्ता पक्षबाट र प्रधानमन्त्रीले पनि संसद् खोलौँ भन्नु भयो ।


