काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका उनले बिहीबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस र एमालेको गठबन्धन राम्रोसंग चलिरहेको र कुनै समस्या नरहेको बताएका हुन् ।
उनले सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने उल्लेख गरे । त्यस्तै सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको भन्दै संसदको गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताए ।


