काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षकहरुका जायज माग पूरा गर्न लागिपर्ने बताएका छन् ,
उनले विहीबार नेपाल शिक्षक संघले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले शिक्षकहरुको सेवा सुविधाका सन्दर्भमा मुलुकको आर्थिक अवस्थालाई हेरेर सम्बोधन गर्नुपर्नेमा जोड दिए । शिक्षक, प्राध्यापकका जायज मागहरुलाई पुरा गराउनका लागि आफुले पनि सक्दो पहल गर्ने उनले बताए ।
सभापति देउवाले बिद्यार्थीहरुको भविष्य निर्माण गरेर आफ्नो परिवार समेत पाल्नुपर्ने कुरा शिक्षकहरुलाई सहज नरहेको उल्लेख गरे ।


