काठमाडौं । आज (शुक्रबार) एकैदिन संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।
आज बिहान ९ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
आज बिहान साढे ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । उक्त बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको छ ।
यस्तै बिहान साढे ११ बजेसंघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८२र०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ ।
संसदीय सुनुवाइ समिति (संयुक्त) २०८० समितिको बैठक बस्दै छ । बैठकमा उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।


