काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदै छ ।
बैठकले सरकारको समीक्षा, भ्रातृ संस्थाको म्याद थप गर्नेबारे छलफल हुने छ । यस्तै, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति विषयमा पनि छलफल हुने छ ।
बैठकमा प्रदेश सरकारका मन्त्रीहरूले पनि आफ्नो रिपोर्ट कार्ड पेश गर्ने बताइएको छ ।


