काठमाडौं । आज बिहान ११ बजे राष्ट्रियसभा बैठक आज बस्दै छ । उक्त बैठकमा निजामती सेवा विधेयक टेबुल गरिने कार्यसूची छ ।
संसदीय समितिमा लामो रस्साकस्सी भएको ‘संघीय निजामती विधेयक’ समितिमा पारित हुँदा एउटा विषय थियो, प्रतिनिधि सभाबाट पारित हुँदा अर्कै भएर आएको भन्दै अहिले चर्को आलोचना भैरहेको छ । संघीय निजामती विधेयकको दफा ८२ को उपदफा ४ मा ‘कूलिङ अफ पिरियड’ राखिएको छ भने उपदफामा यसलाई निष्प्रभावी बनाइएको छ ।
अब राष्ट्रिय सभाले उक्त व्यवस्था सच्याउनु पर्ने आवाज उठिरहेको छ । राज्य ब्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रस्तुत गरेको विधेयकमा समितिले टुंगो लगाएको भन्दा फरक भएपछि यसबारे अब के हुन्छ सर्वत्र चासोको विषय बनेको छ ।


