काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार गर्नेलाई कसैले पनि संरक्षण गर्न नहुने बताएका छन् । महामन्त्री थापाले आज पार्टीको केन्द्रीय समिति बैठकमा यस्तो धारणा राखेका हुन् । उनले भ्रष्टाचारी केवल भ्रष्टाचारी मात्र हुने दावी गरे ।
“कानुनी शासनमा विश्वास गर्ने हामीहरूले कोही निर्दोष पर्न हुँदैन, दोषी कोही छुट्नुहुँदैन भन्नुपर्यो,” महामन्त्री थापाले भने, “दोषी छ भने पनि कांग्रेस भएकै कारणले उसले उन्मुक्ति पाउनु हुँदैन ।”


