काठमाडौं । वरिष्ठ अधिवक्ता महेश कुमार नेपाल न्याय परिषद् सदस्य पदमा नियुक्त भएका छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज सो पदमा नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा भोजपुर जिल्लाको भोजपुर नगरपालिका–८ निवासी कानूनविद् नेपाललाई न्याय परिषद् सदस्य पदमा नियुक्त गरिएको हो।


