काठमाडौं । भोटेकोशी नदीको बाढीले पुर्याएको जनधनको क्षतिको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत छन सोङसहितको टोली गि रसुवागढी नाका पुगेका छन् ।
प्रधानमन्त्री ओली, चिनियाँ राजदूत सोङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा तथा जलश्रोतमन्त्री दीपक खड्का लगायतको टोली मंगलबार अपरान्ह हेलिकप्टर चढेर नेपाल-चीन सीमाक्षेत्र रसुवागढी नाका पुगेको हो ।
यो टोलीमा गृह सचिव गोकर्ण दुबाडी, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,राष्ट्रिय अनुसन्धान प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, राजस्व सचिव दिनेश कुमार घिमिरे र बिपद् प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टसहित छन् ।


