काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरूलाई तीब्र गतिमा काम गर्न कडा निर्देशन दिएका छन् ।
उनले शुक्रबार सिंहदरबारमा भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औं बैठकमा समितिका बैठकमा यस्तो निर्देशन दिएका हुन् ।
उनले सुनकोसी मरिन डाइभर्सन आयोजनाको सुरुङ बने पनि बाँकी कामको ठेक्का समयमा लाग्न नसकेका चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्तिबाट समयमा परिणाम र उत्पादन दिन नसकिने बताए।


