काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली आज राति स्वदेश आइपुग्ने भएका छन् ।
उनको सचिवालयका अनुसार तुर्कमेनिस्ताको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्कने क्रममा दुबई प्रस्थान गरेका हुन्।
प्रस्थान गर्ने बेला प्रधानमन्त्री ओलीलाई त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार बिहान ८।३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री लगायतले बिदाइ गरेका थिए।


