काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफ्नो पार्टीको प्राथमिकता सरकार नभएको प्रष्टीकरण दिएका छन् । पूर्व प्रधानमन्त्री उनले चितवनमा आइतबार पत्रकारसँग कुराकानी गर्दै यस्तो धारणा राखेका हुन् ।
सरकार परिवर्तनका विषयमा सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘यो सरकारले राम्रो काम गरिरहेको छैन । त्यस विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन । हामीलाई सरकार चाहिएको छैन । त्यस विषयमा हामीले कुनै चासो राखेका छैनौँ ।’


