काठमाडौं । अन्ततः संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।
उनले मंगलबार संघीय निजामती विधेयकमा राखिएको कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीका विषयमा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।
संसदमा विशेष समय लिएर बोल्दै उनले आफूबाट कुनै त्रुटि नभएको भन्दै गहिरो गरेर आँखा नपुगेको र कर्मचारीलाई विश्वास गरिएको बताए।


