काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन ०८४ को निर्वाचनसम्मै जाने प्रष्ट पारेका छन् ।
उनले मंगलबार काठमाडौंमा भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै एमाले–कांग्रेसबीच कुनै समस्या नरहेको यो गठबन्धन लामो समय जाने ो प्रष्टीकरण दिएका हुन् ।
उनले अबको केही समयपछि प्रधानमन्त्री मात्रै परिवर्तन हुने तर गठबन्धनमा कुनै असर नपर्ने धारणा राखे । प्रधानमन्त्री ओलीले ८४ को निर्वाचनपछि पनि एमाले की कांग्रेसले सरकार बनाउने उल्लेख गर्दै दुई दलमध्ये कसैको बहुमत नपुगे फेरी कांग्रेस–एमाले मिलेर नै सरकार बनाउने जिकिर गरे ।


