काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्रै रहेका सम्भावनाहरुको खोजी गर्नुपर्ने बताएका छन् ।
पूर्व प्रधानमन्त्री उनले शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् । अध्यक्ष प्रचण्डले आफ्नै देशमा रोजगारी सृजना गर्नेतिर विभिन्न रूपले गतिविधि बढाउन सबैले सबै ठाउँबाट पहल र प्रोत्साहित गर्नुपर्ने बताए ।
‘देशभित्रै सम्भावना छ । हाम्रो इतिहास, संस्कृति, जाती भाषा इतिहास, देश विकास र संस्कृतिप्रति गर्व गर्ने मानसिकताको विकास आजको आवश्यकता ठानेको छु’, उनले भने, ‘त्यसकारण सकारात्मक सोच्ने र रचनात्मक काम अघि बढाउने गर्नुपर्छ । यसो गदा विदेश जाने संस्कृतिलाई निरुत्साहित गर्न सकिन्छ ।’


