काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सांघाइ सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।
चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्य लगायतका सभागी भएका थिए।
शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली हिजो त्यसतर्फ प्रस्थान गरेका थिए ।


