काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीलाई देशको निर्णायक शक्ति बनाउने उद्घोष गरेका छन् ।
एमाले बाँके जिल्ला कमिटीले शनिबार नेपालगञ्जमा आयोजना गरेको जनसभामा उनले राष्ट्रलाई वर्तमान संकटबाट उकास्न पार्टी क्रियाशील रहेको बताए।
‘जनताको रोजाइमा पहिलो पार्टी बनिसकेको थियो, अब हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्ने अभियानमा छौँ’, उनले भने। राष्ट्रलाई वर्तमान संकटबाट उकास्न सबै लोकतन्त्रवादी एकजुट हुनुपर्नेमा उनले जोड दिए।


