काठमाडौं । चारजना सचिवहरू सरुवा भएका छन् ।
सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा मदन भुजेल आएका छन् । उनी मधेश प्रदेशका प्रमुख सचिव थिए । त्यस्तै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।
राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा गएपछि पन्थलाई त्यहाँ सरूवा गरिएको हो । पन्थको स्थानमा कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई सरुवा गरिएको छ ।


