काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर राष्ट्रसंघको बडापत्रको ठाडो उल्लंघन गरेको आरोप लगाएका छन् र
आज सामाजिक सन्जाल फेसबुकमा महासचिव पोखरेलले लेखेका छन्, ‘यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन, हुनु पनि हुँदैन ।’
भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ ।


