काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् ।
शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले निर्वाचनको वातावरण पूर्ण रूपमा नबने पनि मुलुक ढिलो-चाँडो निर्वाचनमा जानैपर्ने बताए।
‘अहिले पनि निर्वाचनको वातावरण बनेको छैन,’ ओलीले भने, ‘राजनीतिक दलका नेतामाथि लाञ्छना लगाउने, आरोप लगाउने र फसाउने प्रयास कायमै छन्। तर ढिलो(चाँडो देश निर्वाचनमा जानैपर्छ, त्यसका लागि पार्टी सधैं तयार छ।’
फागुन २१ गते नै निर्वाचन हुन सक्ने संकेत गर्दै ओलीले कार्यकर्तालाई सजग रहन आग्रह गरे। ‘निर्वाचन जतिबेला पनि हुन सक्छ। फागुन २१ मै पनि हुन सक्छ। त्यसैले सबै साथीहरू तयारी अवस्थामा रहनुपर्छ,’ उनको भनाइ थियो।


