काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मिलेर सहिदका सपना पूरा गर्नुपर्ने बताएका छन् ।
उनले बुधबार रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ रुमालबारास्थित जनयुद्धका सहिद सीता घर्तीकी आमा सावित्रीसँगको भेटघाटका क्रममा यस्तो बताएका हुन् ।
अर्का सहिद बन्दना परियारकी दिदी चेतनाले सशस्त्र युद्धका नेतृत्वकर्ता नै उम्मेदवार बनेर आउँदा आशा पलाएको बताइन्। उनले जितको शुभकामना दिइन्।
सहिद परिवारसँगको कुराकानीपछि प्रचण्डले सबै मिलेर सहिदका सपना पूरा गर्नुपर्ने बताए। ‘सहिदका सपना बिर्सनै सक्दिनँ। सहिदका सपना पूरा गर्न प्रयत्न गरिरहेको छु,’ उनले भने।


