काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले फागुन २१ को निर्वाचनबाट पार्टीले स्पष्ट बहुमत ल्याउने बताएका छन् ।
झापा क्षेत्र नम्बर ५ सहित कोशी प्रदेशका विभिन्न जिल्ला घुमेर आएका उनले आइतबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बनेको घरमा बसेर रास्वपाका उम्मेदवारहरूलाई भेट्दै यस्तो बताएका हुन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र रणनीतिबारे छलफललका क्रममा साहले यसपालीको चुनावमा रास्वपाले स्पष्ट बहुमत ल्याएर सरकार बनाउने बताएका हुन् ।


