काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने दावी गरेका छन् ।
रुकुम पूर्व–काठमाडौं सम्पर्कको कार्यक्रममा बोल्दै सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका निम्ति सुरु गरेको अभियान पनि अधुरै रहेको बताए।
उनले भने, ‘हामीले विकासको एउटा नयाँ मोडेल दिन सकिएन भने हाम्रो यात्रा, सहिदहरूका सपना, क्रान्तिकारीहरूका सपना अधुरै हुने खतरा छ। त्यसकारण हामी समुदायमा आधारित समाजवादको मोडेल खडा गर्नु छ।’


