काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा करार इन्जिनियर पदमा कार्यरत सुबास बिष्टविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनले पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आज भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीविरुद्ध १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ बिगो माग गरिएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सार्वजनिक सेवामा रहँदा पदको दुरुपयोग गरी वैधानिक आयभन्दा बढी सम्पत्ति आर्जन गरेको उनीविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा बिष्टले १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ हिनामिना गरेको पाइएको हो।


