काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नकाब लगाएर सिंहदरबार जलाउन नपाउने दाबी गरेका छन् । उनले बुधबार जनकरपुरमा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै देशले अब क्षति व्यहोर्नु नपर्ने बताएका हुन् ।
भदौ २३ र २४ गते जस्तो कुनै युवाले ज्यान गुमाउनुपर्ने छैन भने देशले क्षति व्यहोर्नु नपर्ने बनाउने संकल्पसहित दाबी गरे ।
‘भदौ २३ मा राज्यको गोलीबाट मारिए जस्तो कसैले मारिनु पर्दैन, आन्दोलनमा तन्नेरीहरु सडकमा आए तीनको भावनालाई नेपाली कांग्रेसले सम्बोधन गर्छे,’ उनले प्रतिज्ञा गरे । प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने, उपचार गर्दा डराउनु नपर्ने, उपचार नपाएर मर्नु पर्दैन यसका लागि आधार लिएर आएको उनले थपे ।


