काठमाडौं । गतराति पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।
ग।२ ख १४२१ नम्बारको बस गएराति १ बजेतिर त्रिशूली नदी किनारमा खसेको हो। दुर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक भएको खुलेको छ।
बसमा ४४ जना सवार थिए। २८ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ।


