काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी अभियानका क्रममा सर्लाही पुगेका छन् । उनले बुधबार नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको क्षेत्रमा पुगेर यस्तो आग्रह गरेका हुन् ।
चुनावी अभियानका क्रममा लालबन्दी पुगेका लामिछानेले काठमाडौंबाट आएर मधेशको बेटा बन्नेलाई रोक्ने जिम्मा सर्लाहीवासीको भएको बताए।
‘मलाई थाहा छ अमरेशजीले जित्नुहुन्छ। यदि अमरेशजी नभएको भए पनि त्यो ठाउँमा एउटा मधेसको मान्छेले जित्थ्यो, मधेसले जित्थ्यो’ उनले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै भने, ‘तर कोही काठमाडौंबाट यहाँ आएर म मधेसको बेटा हुँ भन्दै छ, एउटा ठाउँ लिने प्रयास गर्दै छ। यस पटक ठाउँको ठाउँ रोक्ने जिम्मा तपाईँको।’


