काठमाडौं । आज नेपाली बजारमा सुन तोलामा झण्डै १५ हजारले बढेको छ । आज सुन प्रतितोला १४ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला सुन दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा ४१५ रुपैयाँले बढेर चार हजार ९२० रुपैयाँ कायम भएको छ ।


