काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टीको अनुशासन समितिले आफूलाई सोधेको स्पष्टीकरणलाई हाँस्यास्पद भनेर कटाक्ष गरेका छन् ।
खड्कालाई कांग्रेसको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।
उनले भनेका छन् ‘अवैधानिक महाधिवेशन र अवैधानिक ढंगले निर्वाचित कार्यसमितिले बनाएका अवैध संरचनाले स्पष्टीकरण सोध्ने भन्ने निर्णय जुन भएको छ, यो निर्णय निरर्थक छ, हास्यास्पद छ, अर्थहीन छ, । ’
संस्थापन पक्षले गर्ने कारबाहीलाई चुनौति दिने प्रतिक्रिया ब्यक्त गरेसँगै कांग्रेस अब फुटको संघारमा पुगेको कतिपयको बुझाइ छ ।


