काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारी विरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
विहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ ३९ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गर्दै बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गर्दै दायर गरेको हो ।
आयोगका अनुसार, तिवारीको जागिर अवधिमा वैधानिक आय १४ करोड ५५ लाख ९१ हजार ३५६ रुपैयाँ २५ पैसा मात्र देखिएको छ ।
तर त्यही अवधिमा खर्च तथा लगानी २५ करोड ६ लाख ८७ हजार २२७ रुपैयाँ ६४ पैसा भएको देखिएकाले कुल आयभन्दा खर्च १० करोड ५४ लाख ९५ हजार बढी भएको ठहर अख्तियारको छ।


