काठमाडौं । नेपाल बैंकका पूर्व अध्यक्ष राजमान तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
घुस मुद्दामा प्रतिकुल बकपत्र गरेको अभियोगमा चन्द्रबहादुर अधिकारीलाई विपक्षी बनाइएको छ। नेपाल बैंकको सञ्चालक समिति अध्यक्षको पदमा रहेको बेला रमेश आचार्यसँगको मिलेमतोमा तामाङलाई उक्त बैंकबाट ऋण मिलाइदिन सहजीकरण गर्न घुसबापत पाँच लाख रुपैयाँ माग गरी लिन दिन मञ्जुर भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
तामाङसँग घुस लिइ, लिन लगाइसकेको उक्त रकम उल्लेखित चेक अख्तियारले अधिकारीको कोठाबाट बरामद गरेको थियो।


