काठमाडौं । आज सेयर बजारमा सामान्य अंकले बृद्धि भएको छ ।आज नेप्से परिसूचक १.७७ अंकले बढेको हो ।
आज बजारमा कुल ३३८ कम्पनीका ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर ४३ हजार ६७४ पटकको कारोबार मार्फत खरिदबिक्री भएका छन् । कुल तीन अर्ब नौ करोड ७९ लाख ५३ हजार ४८६ रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
कारोबार भएका मध्ये १२७ कम्पनीको सेयर मूल्य बढेको छ ।


