काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्। आफ्नो कर्तव्य पूरा नगरेकाले नैतिकताको आधारमा बालेनले राजीनामा दिनुपर्ने उनको तर्क छ।
विज्ञप्तिमा प्रधानमन्त्री शाहले जेठ २८ गते राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा सभा छोडेर बाहिरिएको, जेठ ३० गते छलफलका क्रममा उपस्थित नभएको र नजिकैको कार्यालयमा बसेर संसदको गतिविधि ‘लाइभ’ हेरे पनि सदनमा जवाफ दिन नआएको उल्लेख छ ।
सांसद राईले प्रधानमन्त्रीका यी कार्यहरूलाई संसदीय परम्पराको बेवास्ता र ‘संसदीय अभ्यासको इतिहासमा कालो धब्बा’ को संज्ञा दिएका छन् ।
“


