काठमाडौं । आज काठमाडौं उपत्यकाका साथै देशका विभिन्न जिल्लामा बाढीको सम्भावना रहेको छ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने केही साना नदीमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहेको जनाएको छ । ।
पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली र आसपासका जिल्ला भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।


