काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज(कप्तानगञ्जमा भएको घटनाको छानबिनका लागि तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गरेको छ।
पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उक्त घटनाको छानबिनका लागि गठन भएको सरकारी संयन्त्रले कमजोरी लुकाउने काम गर्ने संशय व्यक्त गर्दै तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
निष्पक्ष आयोग गठनको मागसहित विगत १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य स्थिति गम्भीर बन्दासमेत सरकारले कुनै चासो नदेखाएकोमा कांग्रेस थप गम्भीर र चिन्तित भएको चालिसेले बताए ।


