काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा निवेदकको तर्फबाट बहस सकिएको छ ।
निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमण कर्ण, डा. सुरेन्द्र भण्डारी र अधिवक्ताहरु अमृत खरेल, निकिता ढुंगानाले बहस गरेका छन् । खाजापछि सरकार र गृहमन्त्री लामिछानेको तर्फबाट बहस हुनेछ । जवाफी बहस पनि आजै हुने बताइएको छ ।
गृहमन्त्री लामिछानेको नागरिकताको विषयमा संवैधानिक इजलासमा अन्तिम सुनुवाइ भइरहेको हो । कामु प्रधानन्यायाधीस हरिकृष्ण कार्की, न्यायाधीस विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ भइरहेको हो ।


