काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउने भएको छ ।
पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एकीकृत समाजवादीले देशको आर्थिक संकट र समाधानका उपायहरू समेटिएको ज्ञापनपत्र आज बिहान ९ बजे बुझाउन लागेको जानकारी दिए ।
पछिल्लो समय समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले राम्रो काम गर्न नसकेको टिप्पणी गरेका थिए ।


